नियम ३५
त्रैमासिक प्रगति विवरण पेश गर्ने;
(१) बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने प्रत्येक कार्यालयले अनुसूची-२ बमोजिमको ढाँचामा त्रैमासिक प्रगति विवरण तयार गरी केन्द्रीय निकाय र कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्नेछ।
(२) केन्द्रीय निकायले बजेट शीर्षकको आधारमा त्रैमासिक प्रगति विवरण तयार गरी अर्थ मन्त्रालय र योजना आयोगमा पठाउनु पर्नेछ।